पुतलीबजार । स्याङ्जा–क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार राजु थापाले अग्रता लिएका छन् । गठबन्धका साझा उमेद्वार थापाले पछिल्लो सार्बजनिक मत परिणाम अनुसार ७२६ मत ल्याएर अग्रता बढाइरहेका छन् ।
यसैगरी, नेकपा (एमाले)का उमेद्वार नारायण मरासिनीले ५६६ मत ल्याएर पछ्याइरहेका छन् ।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) सँगको समिकरणमा चुनाव जितेका मरासिनी निवर्तमान सांसद् हुन् ।
गण्डकी प्रदेशका अधिकांस क्षेत्रमा अहिले मतगणना जारी छ । मुस्ताङको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रसका योगेश गौचन थकाली विजयी भएका छन् । यसैगरी सोही जिल्लाको प्रदेश सभा (१) मा पनि कांग्रेसका उमेद्वार नम्डु गुरुङ विजयी भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
