वडाध्यक्षमा पराजित कांग्रेसका नुम्डु गुरुङ मुस्ताङ प्रदेशसभा (१) बाट विजयी

पोखरा । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उमेद्वार नम्डु गुरुङ विजयी भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।

नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् ।

Advertisement

निर्वाचित भएका गुरूङ स्थानीय तह निर्वाचनमा लोमान्थाङ–४ को वडाध्यक्षमा पराजित भएका थिए ।

मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा (२) को मतगणना जारी छ ।

More News last news
Loading...