मुस्ताङबाट काँग्रेसले खाता खोल्यो, प्रतिनिधि सभामा योगेश गौचन विजयी

पोखरा । गण्डकी प्रदेशको मुस्ताङबाट कांग्रसका योगेश गौचन थकाली विजयी भएका छन् । थकाली ३९९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्तिद्धन्दी एमालेका उमेद्वार प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार शुरेस गुरुङले ८७ मत ल्याएका छन् । मतगणनामा थकाली निर्वाचित भएपनि निर्वाचन आयोगले पनि घोषाणा गर्न बाँकी छ ।

Advertisement

मुस्ताङमा प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश तर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश तर्फको मतगणना शुरु हुँदैछ ।

More News last news
Loading...