पोखरा । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले पोखराको लेकसाइडस्थित बाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् । ग्रुपमा र परिवारसहित आउनेलाई लक्षित गर्दै पोम्स पेन्टहाउस सञ्चालनमा ल्याएको सञ्चालन श्रेष्ठले बताए ।
पोम्समा घरमा चाहिने सम्पूर्ण सुविधा अपार्टमेन्टमा उपलब्ध छ । किचन, ग्याँस, भाँडाकुडालगायत घरमा आवश्यक पर्ने सबै सेवा सुविधा हाउसको रहेको श्रेष्ठको भनाइ छ । पोखरामा परिवारसहित आउने पर्यटकका लागि अपार्टमेन्ट निकै उपयोगी हुने गर्छ।
‘लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुनेछ,’ उनले भने । यद्यपि, एक दिनमात्रै वा छोटो समय बस्नेले पनि अपार्टमेन्टको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए। एक रातको नेपालीका लागि ३ हजारदेखि १२ हजारसम्म र विदेशीलाई ४० डलरदेखि १२० डलरसम्म लिने गरेको बताए।

करिब १० आना क्षेत्रफलमा निमार्ण भएको अपार्टमेन्ट निर्माण करिब १० करोड खर्च भएको श्रेष्ठको भनाइ छ । पोम्समा स्टुडियो अपार्टमेन्ट ६ वटा, दुई बेडरुमको ४ वटा, थ्री बेर्डरुमको १ र ६ वटा सेरिङ किचन रुम रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
