लगनको समय सुरु हुँदै आकाशियो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । साताको चौँथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै झन् उकालो लागेको छ ।

आज सुन प्रतितोला २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९८ हजार ४०० र तेजावी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको थियो।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो। लगनको महिना सुरु भएसँगै आजभोलि सुन चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।

More News last news
Loading...