ट्विटरका नयाँ मालिक एलन मस्कले मंगलबार ट्विटर ब्लु टिक सदस्यता योजना नोभेम्बर २९ अर्थात् मंसिर ३ बाट फेरि सुरु हुने जानकारी दिएका छन् । उनले बुधबार बिहान यसबारे ट्वीट गर्दै भनेका छन्, ‘नोभेम्बर २९ मा, ट्विटर ब्लु–भेरिफाइड फेरि सुरु हुनेछ र यसपठक यो पहिले भन्दा बलियो छ भनेर निश्चित गरिनेछ ।’
विगतमा, ट्विटरले आफ्नो ८ डलर सदस्यता शुल्क तिरेर अकाउन्ट भेरिफाईको सेवालाई तत्काल प्रभावबाट रोक्नुपरेको थियो । वास्तवमा, यस योजनाअन्तर्गत, धेरै नक्कली र प्यारोडी खाताहरूले पैसा तिरेर आफ्नो लागि निलो प्रमाणीकरण ट्यागहरू किनेका थिए ।
यस योजनामा आएको अनियमिततालाई ध्यानमा राख्दै ट्विटरले यो प्रक्रिया रोक्नुपरेको थियो । ट्विटर खरिद गरेपछि एलन मस्कले प्रमाणीकरण प्रक्रियाका लागि पैसा लिने घोषणा गरेका थिए । यसपछि प्रमाणीकरणका लागि मासिक आठ डलर शुल्क तोकिएको थियो।
यसबाहेक, एलन मस्क ट्विटरको नयाँ मालिक बनेपछि कम्पनीबाट ठूलो संख्यामा कर्मचारीलाई हटाइयो। अब यस्तै दुई कर्मचारीको तस्बिर सेयर गर्दै एलन मस्कले ट्वीटरमा लेखेका छन् कि यी कर्मचारीहरुलाई बर्खास्त गरेर गल्ती भएको छ। अहिले फेरि उनीहरुलाई काममा लगाइएको छ । उनले ट्वीट गरे, ‘लिगमा र जोनसन तपाईंहरुलाई स्वागत छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
