काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै उकालो लागेको छ । आज सुन प्रतितोला १००० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ ९७ हजार ७०० रुपैयाँमा रहेको छ। हिजो छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ रहेको थियो।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
