काठमाडौं। बुद्ध एयरले पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । आगामी जनवरीदेखि सञ्चालनमा ल्याउन थालिएको निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारतको बनारसमा नियमित उडान भर्ने तयारी गरेको हो ।
विमानस्थल सञ्चालनमा आएलगत्तै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने छ । आज कम्पनिले एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ ।
कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ ।हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं नियमित उडान भर्दै आएको छ ।
योसँगै बुद्ध एयरले दोस्रो विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीँ आउँदो जनवरी, २०२३ देखि सञ्चालनमा आउँदै छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
