सानिमा बैंकको नयाँ शाखा सितापाइलामा

काठमाडाैं । सानिमा बैंक लिमिटेडले कार्तिक २५ गते काठमाण्डौँको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन्।

Advertisement

उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरेका थिए । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।

More News last news
Loading...