आज झन् आकाशियो सुन, कति पुग्यो तोलाको ?

 

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ आज शुक्रबार भने १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सोही सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन पनि बढेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यसैगरी, सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता ओरालो लागेको सुनको भाउ यो साता भने निरन्तर उकालो लागिरहेको छ ।

More News last news
Loading...