आज (सोमबार) घट्यो सुनको भाउ, कतिमा झर्यो तोलाको ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य थोरै घटेको छ। आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले घटेको हो ।

यसैगरी, आइतबार १ हजार ४०० ले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यता, आइतबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेके हो ।

More News last news
Loading...