आज शुक्रबार पनि घट्यो सुनको भाउ ? हेर्नुहोस् कति पुग्यो

काठमाडौँ । आज शुक्रबार पनि सुनको भाउ घटेको केही छ। आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज घटेर प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ घटेपनि आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...