काठमाडौँ । नेपाली बजारमा आज साताको पाँचौ दिन (बिहीबार) सुनको भाउ थोरै घटेको छ । बुधबार तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ आज पनि तोलामा १०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला ९३ हजार १०० र तेजावी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९३ हजार २ सय र तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँले सस्तो हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
