अनिल खनालको रचनामा ‘बच्चाकी आमा’ दोहोरी गीत बजारमा [भिडियोसहित]

काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको शब्द रचनामा बच्चाकी आमा बोलको लोकदोहोरी गीत  बजारमा आएको छ ।

कमल बुढाथोकीको संगीत रहेको उक्त गीतमा पछिल्लो समयका चर्चित गायक चिरञ्जीवी भण्डारी र गायिका लक्ष्मी खड्काले आवाज भरेका छन् ।

Advertisement

ठट्यौली र ब्याङ्गात्मक रहेको सोही गीतको भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा निरेन श्रेष्ठ, सुजता पाण्डे, दिलिप केसी, सोनाक्षी महत लगायको अभियन रहेको छ । राम केसीले खिचेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

गीत चिरञ्जीवि भण्डारीको युट्युव च्यानल्मार्फत बजारमा आएको हो । युट्युब लगायत विभिन्न अनलाइन प्लेट्फर्म मार्फत पनि यस गीतलाई सुन्न र हेर्न सकिने निर्माण पक्षले जनाएको छ ।

More News last news
Loading...