तपाइलाई थाहा छ आजको सुनको भाउ ?

काठमाडौँ । नेपाली बजारमा आज साताको सातौँ दिन अर्थात (शनिबार) सुनको भाउ स्थिर छ । शुक्रबार तोलामा एक सय रुपैयाँले घटेर छापावाल सुन ९४ हजार एक सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा झरेको थियो । आज सोही मूल्य कायम छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको भाउ पनि घटेको थियो । आज पनि चाँदी पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

More News last news
Loading...