हिमपहिरोमा ज्यान गुमाउनेको पहिचान खुल्यो, १० जनाको सकुशल उद्धार

काठमाडौँ । गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिजो गएको हिमपहिरोमा ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ। ज्यान गुमाउनेमा सङ्खुवासभा घर भएका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

हिमपहिरोमा परेका अरु १० जनाको सकुशल उद्धार गरिएको छ। आज बिहानै हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याएको प्रहरीले जनाएको छ।

Advertisement

अरु चार जनाको हिजो उद्धार गरिएको थियो । हिमपहिरोमा परेकाहरुको उद्धारका लागि चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो ।

More News last news
Loading...