आज झन् घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ?

काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात (मंगलबार) नेपाली बजारमा सुनचाँदीको भाउ झन् घटेको छ। आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

हिजो सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । हिजो चाँदीको भाउ पनि आज भन्दा १० रुपैयाँले बढी प्रतितोला १ हजार १६० रुपैयाँ थियो ।

More News last news
Loading...