बन्दिपुरको भानु मावि मा ५ दिने अतिरिक्त शिक्षक पेशागत विकास तालिम सम्पन्न

दमौली । कक्षा ३ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि ५ दिने अतिरिक्त शिक्षक पेशागत विकास तालिम भानु मा.वि.मा सम्पन्न भएको छ। बन्दिपुर गाउँपालिकाको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्र सँग जाईका आईमिन परियोजनाको सहयोगमा तालिम सम्पन्न भएको हो ।

एकिकृत पाठ्यक्रम अनुरुप कक्षा ३ मा गणित विषय शिक्षण गर्ने शिक्षकको गणित शिक्षण सम्बन्धी ज्ञान तथा सिप विकास गर्ने र विद्यालयमा आधारित शिक्षक पेसागत तालिमको एउटा अङ्गको रुपमा शिक्षण सिकाइ सुधारका लागि सहकार्यात्मक उपागम ‘पाठ अध्ययन’ को सुरुवात गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जाईका आईमिन परियोजनाका जिल्ला परियोजना अधिकृत रविन्द्र आचार्यले जानकारी दिए।

Advertisement

तालिम समापन सत्रमा बन्दिपुर गाउंपालिका अध्यक्षले तालिम मुख्यतः गणित विषयको शिक्षणसँग सम्बन्धित रहेकाले यसबाट शिक्षकहरुलाई गणित शिक्षण सहजिकरणमा सहयोग पुग्ने बताउँदै यसबाट सिकेका ज्ञान तथा सीपलाई कक्षाकोठामा उर्तान आग्रह गरे ।

यस प्रकारका तालिमले सामुदायिक विद्यालयका शिक्षकका लागि शैक्षिक गुणस्तर बृद्धि गर्न सघाउ पुग्ने विश्वास रहेको बताउँदै शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै गाउँपालिकाले गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन परियोजनासँगको सहकार्यमा एक महिना गणित प्रबर्धन महिना घोषणा गर्न लागिएको र उक्त समयमा विद्यालय तहमा धेरै भन्दा धेरै गणित सम्बन्धि कार्यक्रमहरू गर्न समेत आग्रह गरेका छन् ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले तालिममा सिकेका विषयबस्तु कक्षाकोठामा प्रयोग भए नभएको गाउँपालिकाबाट निरन्तर अनुगमन हुने र अवश्यकता अनुसार पृष्ठ पोषण प्रदान गर्ने बताइन् ।

जाईका आइमिन परियोजनाका टिम लिडर केन्जी ओहोराले तालिम विद्यार्थीको दौनिक शिक्षण सिकाईसँग जोडिएको विषयबस्तु भएकोले कक्षाकोठामा शिक्षण सहजिकरण गर्दा उपयुक्त विधिको छनोट गर्नुपर्ने, सिकाइ क्रियाकलापमा शिक्षक केन्द्रित वा विद्यार्थी केन्द्रित कुन विधिबाट उच्चतम सिकाइ उपलब्धी हासिल गर्न सकिन्छ सो पत्ता लगाउँदै शिक्षण गर्न अनुरोध गरे।

शैक्षिक सामाग्रीहरुको उचित र अधिकतम प्रयोग, पाठ्यपुस्तक, स्वः अध्याय सामाग्रीको प्रयोग र शिक्षण सिकाईका दौरान अधिकतम उदाहरण प्रस्तुत गर्दै गणित विषयको शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो हुने साथै यसबाट प्रारम्भिक कक्षामा नै गणितको जग राम्रो हुने बताए ।

त्यस्तै, शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले यस ५ दिनको तालिमबाट ३ दिन कक्षाकोठामा प्रयोग गर्न सकिने सिकाइ सहजिकरणका प्राविधिक सत्र र २ दिन विद्यालय स्तरीय शिक्षक पेसागत विकासलाइ जोड दिएको बताए ।

साथै, विद्यालय स्तरीय शिक्षक पेसागत विकास अन्र्तगत शिक्षक–शिक्षकबीचको सहयोगलाई सहकार्यात्मक उपयोग (जसलाई पाठ अध्ययन भनिन्छ) लाई जोड दिएकाले विद्यार्थीको सिकाईमा शिक्षकहरुबीचको अन्र्तक्रिया, प्राविधिक गोष्ठि, विज्ञ शिक्षकको सहयोगको माध्ययमबाट विद्यार्थीमा देखिएका शैक्षिक समस्यालाई छलफलका माध्ययमबाट सुधार गर्न सकिनेमा जोड दिए ।

कार्यक्रम बन्दिपुर गा.पा. अन्र्तगतका ३१ वटा सामुदायिक विद्यालय मध्ये पहिलो चरणमा १५ विद्यालयका कक्षा ३ मा अध्यापन गर्ने शिक्षकहरुलाई पवित्रा मा.वि. र दोश्रो चरणमा १६ विद्यालयका शिक्षकका लागि भानु मावि मा संचालन भएको थियो। तालिमको समापन सत्र बन्दिपुर गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीले गरेका थिए ।

More News last news
Loading...