काठमाडौँ । डा. बिष्णु मुर्ती भट्टराईको शब्द तथा चर्चित गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘बिर्सनु कसरी’ बजारमा आएको छ। लोकप्रिय संगीतकार श्रीधर अधिकारीको संगीतमा आधुनिक गीत बिर्सनु कसरी बजारमा आएको हो।
गीतको म्युजिक भिडियोमा पनि गायिका एलिना चौहानलाई नै देख्न सकिन्छ। बिर्सन कसरी गीत/संगीतकार श्रीधर अधिकारी कै निर्देशनमा बनेको हो । गीतको छायांकन दिपक गिरीले गरेका छन् भने सम्पादन दिपक बिष्टको रहेको छ।
पेशाले चिकित्सक डा. बिष्णु मुर्ती भट्टराईको गीत लेखनमा बिशेष रुचि रहेको छ। डा. बिष्णु मुर्ती भट्टराई काठमाडौं बाहिर कार्यरत रहे पनि निरन्तर गीत संगीतमा लागिरहेको पाइन्छ। केहि समय अघि मात्र उनकै रचनामा मेरो तस्बिर सलाई गीत बजारमा आयेको थियो जसले स्रोता दर्सकको राम्रो माया पाइरहेको छ।
‘मेरो तस्बिर’ र ‘सलाई’ दुबै गीत श्रीधर अधिकारी कै संगीतमा अनि चर्चित गयिका रचना रिमाल र कृष्ण मुर्ती भट्टराईको स्वर मा बजारमा आयेको थियो। बिर्सनु कसरी गीत गितकारको आफ्नै युट्युब च्यानल ‘Dr. Bishnu Murti Bhattarai’ मार्फत बजारमा आएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
