काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। हिजोे सुन प्रतितोला १ हजार रुपैयाँले र चाँदी ३० रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको भाउ स्थिर भएपनि आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार पनि छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
