पर्बत । नेपाल महिला संघ पर्बतले कुस्मा नगरपालिका मा २ दिने महिला प्रसिक्षण कार्यक्रम सम्पन्न गरेको छ । असोज ८ र ९ गते नेपाली कांग्रेस कुश्माको सभाहल कुस्मामा कुस्मा नगरपालिका स्तरिय अगुवा महिला नेताहरूको लागी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
महिलाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा नेपाल महिला संघ पर्बत एक महिने अभियानको क्रममा कुस्मा नगरपालिका स्तरिय अगुवा महिला नेताहरूको लागी प्रशिक्षणमा नेपाल महिला संघ पर्वतको अध्यक्ष मुना शर्मा लामिछाने लगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा भाषण कला, माइन्यूट लेखन, महिला हिंसा, आधुनिक समाजमा थपिएका हिंसा र बिभेद आदि बिषयमा प्रशिक्षण दिईएको थियो । नेपाल महिला संघ पर्बतले सबै पालिकाहरूमा प्रशिक्षण कार्यक्रम पालिका स्तरमा नै आयोजना गरी महिलाहरुलाई प्रशिक्षित गर्ने क्रममा मोदी, जलजला, पैयु, बिहादी र कुस्मामा सम्पन्न हुदा करिब ३५० जनाले प्रशिक्षण लिईसकेका छन्।
पर्बत जिल्ला भर ५०० महिला अगुवा नेताहरुलाई क्षमता अभिबृधि र सक्षम महिला नेता बनाउने उद्देश्य सहित महिला संघ पर्बतको अभियान जारी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
