काठमाडौँ । आज साताको पहिलो दिन अर्थात (आइतबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँले र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यो भाउ बिहीबारको भन्दा १००० रुपैयाँले सस्तो हो। आज चाँदी पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो साता लगातार उकालो लागेको सुनको भाउ आज साताको पहिलो दिन आइतबार नै एक हजार रुपैयाँले घटेको हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
