अन्तिम ऋणदाता सुविधाको अवधि १ वर्ष बनाउन प्रस्ताव

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले चरम तरलता अभाव भएको अवस्थामा प्रयोग गर्ने उपकरण ‘अन्तिम ऋणदाता सुविधा’ को भुक्तानी अवधि १ वर्ष राख्न नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकले ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली–२०७९’ को मस्यौदा तयार पार्दै भुक्तानी अवधि तोक्न प्रस्ताव गर्नुका साथै यसको प्रयोग गर्न सकिने क्षेत्रगत दायरा पनि बढाउन प्रस्ताव गरेको हो ।

Advertisement

ऋणदातासम्बन्धी नीतिगत व्यवस्था–२०६७ अनुसार हालसम्म अन्तिम ऋणदाता सुविधाको भुक्तानी अवधि तोकिएको छैन । राष्ट्र बैंकले उक्त सुविधालाई व्यवस्थित गर्ने उद्देश्यका साथ विनियमावली जारी गर्न लागेको जानकारी दिएको छ ।

अन्तिम ऋणदाता सुविधा बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने गरी चरम तरलता अभाव भएको अवस्थामा प्रयोग गर्न तरलता प्रवाह गर्ने मौद्रिक औजार हो । हालसम्म तत्कालीन भिवोर विकास बैंकले मात्र यसको प्रयोग गरेको पाइन्छ ।

यसैगरी विनियमावलीमा अन्तिम ऋणदाता सुविधा ब्याजदर नेपाल राष्ट्र बैंकले तोकेअनुसार हुने व्यवस्था गरिएको छ । हाल यस सुविधाको ब्याजदर बैंकदरअनुसार हुने प्रावधान छ ।

More News last news
Loading...