झन् बढ्यो डलरको भाउ, आज कुन देशको भाउ कति ?

काठमाडौँ । अमेरिकी डलरको भाउ आज झन् महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ।

हिजोको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर हिजोदेखि फेरि बढेर आज अहिलेसम्मकै उच्च भएको हो।

Advertisement

अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ। पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घट्ने गर्छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर स्थिर छ ।

स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले भारुको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँमा पनि प्रत्यक्ष प्रभाव पर्छ । डलर बलियो हुँदा रेमिट्यान्स, पर्यटन र निर्यातमा फाइदा हुने भए पनि वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा भने नोक्सान हुनेगर्छ। 

More News last news
Loading...