साताको अन्तिम दिन बढ्यो सुन, कति पुग्यो तोलाको ?

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात (शुक्रबार) नेपाली बजारमा सुनको ह्वात्तै बढेको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ८ सय र तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

यो भाउ बिहीबारको भन्दा १००० रुपैयाँले बढी हो। आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...