काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो भाउ बुधबारको भन्दा ५०० रुपैयाँले बढी हो। आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
