डेंगुले महामारीको रूप लिँदै, २१ जनाको मृत्यु

काठमाडौं । महामारीका रूपमा देशभर डेंगु फैलिरहँदा सरकार भने संक्रमण नियन्त्रणमा उदासीन देखिएको छ । देशभर हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमण देखिसकेको अवस्थामा २१ जनाको मृत्यु भइसकेको छ ।

दैनिक डेंगु संक्रमणसँगै मृत्यु हुने दरसमेत बढिरहेको छ तर सरकारले डेंगुलाई ‘राष्ट्रिय प्रकोप’का रूपमा घोषणा गर्न ढिलाइ गरेको छ ।

Advertisement

पछिल्लो समय देशको ७५ जिल्लामा संक्रमण बढ्दै जान थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

सरकारले विज्ञको सुझाव मानेर तत्काल निर्णय गर्नुको साटो अझै पनि स्वास्थ्य मन्त्रालय पर्ख र हेरको रणनीतिमा छ । नियन्त्रणका लागि ¥यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ।

संक्रमणदर दैनिक बढिरहाँसमेत सरकार जनस्वास्थ्यप्रति भन्दा पनि चुनावकेन्द्रित हुँदा डेंगु महामारीको रूप लिने क्रममा छ। ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार नेपालमा डेंगु संक्रमणको दर जुलाईमा थोरै मात्रामा देखिए पनि बिस्तारै गति लिँदै जाँदा सेप्टेम्बरमा धेरै बढेको हो।

पछिल्लो समय मुलुकमै सबैभन्दा बढी डेंगु संक्रमित काठमाडौंमा देखिएको छ, त्यसमा पनि काठमाडौं महानगरपालिकामा संक्रमण धेरै रहेको छ । राजधानी दैनिकबाट

More News last news
Loading...