स्याङ्जा । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा निर्विकल्प उम्मेदवारका रुपमा देखा परेका छन् ।
२०७० सालको संविधान सभा निर्वाचनमा बर्षौसम्म एमालेले एक छत्र राज गरेको लालकिल्ला तोडेर निर्वाचनमा विजयी बनेका थापालाई स्याङ्जा क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट निर्विकल्प उम्मेदवारका रुपमा हेरिएको हो ।
कांग्रेसबाट थापालाई यस क्षेत्र विजयी हाँसिल गर्न जति सहज छ अन्यलाई त्यती सहज नहुने स्थानीयहरुको भनाइ छ । २०७० सालको संविधान सभा निर्वाचनमा बर्षौपछि विजयीको झण्डा गाडेका थापाले २०७४ को निर्वाचनमा भने राष्ट्रव्यापी रुपमा हामी भएको बाम गठबन्धका कारण विजयी प्राप्त गर्न सकेनन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा विजयी भएका थापा स्याङ्जाली जनतासामु लोकप्रिय मानिन्छन् । उनले चुनावमा विजयी हुँदा होस् वा पराजय भोग्दा सदैव स्याङ्जाली जनताको सुख दुःखमा साथ दिएका छन्।
उनले जिल्ला सभापतिको बागडोर सम्हालेपश्चात सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसले सानदार जित हासिँल गर्न सफल भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
