आज (बिहीबार) झन् घट्यो सुन, कतिमा झर्यो तोलाको ?

काठमाडौँ । आज साताको पाँचौ दिन (बिहीबार) नेपाली बजारमा सुनको भाउ आज पनि प्रतितोला तीन सय रुपैयाँले घटेको छ । यसैगरी चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ५ सय र तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यो भाउ हिजोको भन्दा तीन सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...