आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । साताको चौँथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।मंगलबार तोलाको १०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ, र तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यसैगरी, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...