काठमाडौँ । साताको दोस्रो दिन आज (मंगलबार) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार तोलाको ३०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ, र तेजावी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
