काठमाडौँ । साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज ३०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ, र तेजावी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भउको थियो ।
यसैगरी, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
