बिहानै ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

केनान्तु l पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ ।

प्रशान्त टापुको देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको उल्लेख छ ।

Advertisement

केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि पूर्ण विवरण आउन बाँकी छ ।

More News last news
Loading...