आज (शुक्रबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको छैटौँ दिन आज शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।

बिहीबार तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज तेजावी सुन पनि बढेर प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदी आज हिजो भन्दा १५ रुपैयाँले बढेर तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

More News last news
Loading...