स्याङ्जा । पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले उद्यमी तथा स्टार्ट अप पालिका बनाउने अभियानमा भएको बताएका छन् ।
पुतलीबजार नगरपालिकाको उद्यमशीलता ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक शाखा, पोखरा महानगरपालिकाका प्रतिनिधिहरू र यूएनडिपिबीच इविक शाखाको स्थापना यसको गतिविधि र प्रभावका बारेमा अन्तरक्रियात्मक छलफल गरीएको थियो ।
हरित पुनरूत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रमका कार्यक्रम संयोजक पुजा अर्याल ईविक स्वयमसेवक संयोजक रिता शाहीले ईविक शाखाको विविध गतिविधि र यसले प्रभावका बारेमा जानकारी दिईन् ।
नयाँ सोचलाई उद्यममा परिवर्तन गर्ने, ब्यवसायको प्रबदर्न गर्ने र नगरबासीहरूमा उद्यमशिलताको अभियान शुरू गर्न ईविक शाखाले भूमिका खेलेको सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।
छलफलमा पोखरा महागरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, उद्योग तथा सहकारी महाशाखाका प्रमुख भरतराज पौडेल, पुतलीबजार नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो।
पोखरा महानगरपालिकामा सञ्चालनमा ल्याइएको ईबिक र पुतलीबजार नगरपालिकामा सञ्चालनमा रहेको ईबिक बीच सहकार्य, समन्वय तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
