मेयर हुँदा काण्डै काण्डले चर्चामा रहेका गिरी प्रदेश सांसद सिफारिस

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकाको नगर प्रमुख रहँदा काण्डै काण्डले चर्चित बनेका शिव गिरी प्रदेश सभा निर्वाचनका लागि सिफारिसमा परेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट मेयर पदमा बिजयी भएर विभिन्न काण्डहरुका कारण चर्चामा रहेका गिरी यसपटक नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा जिल्ला क्षेत्र नं २ (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवारी सिफारिस भएका हुन् । उनी मेयरमा बिजयी हुँदादेखि अन्तिसम्म जहिले पनि राम्रा भन्दा पनि खाली विभिन्न काण्डकै कारण चर्चामा रहे ।

Advertisement

उनमा स्थानीय तहको निर्वाचनमा धाँदली गर्दै बुथ कब्जा, रारा भ्रमणका बेला रक्सी र मासु विवादमा भ्रमण टोलीमाथि कुटपिट, स्थानीय स्तरमा राहत बाँड्दा कुटपिट र स्थानीय स्तरको बजेटको चरम दुरुपयोगका लगायतका थुप्रै काण्डका कारण चर्चामा थिए ।

मेयर पदमा रहँदा यस्तै अलोकप्रिय कार्य गरेकै कारण चापाकोटमा स्थानीयहरु चिढाएका कारण उनी मेयर पदमा पुनः आकाक्षी रहँदा पनि पार्टीले उनलाई टिकट दिएन् त्यसैले उनले प्रदेश सभामा दाबी गरेको बुझिएको छ ।

उनको यस्तै अलोकप्रिय कार्य र काण्डहरुकै कारण हाल कांग्रेसले त्यस नगरमा जितेपनि पुरानो मेयरले गरेका हर्कतका कारण काम गर्नमा कठिनाई भएको र आगामी प्रदेश सभा निर्वाचनमा पनि टिकट दिन नहुने स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

यस बिषयमा पूर्व मेयर गिरीसँग नयाँपुस्ताले गरेको जिज्ञासामा उनी उल्टै नयाँपुस्ताकर्मीलाई नै कुटपिट गर्ने धम्की दिएका छन्।

More News last news
Loading...