काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार पनि नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो ।
आइतबार तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार, आज तेजावी सुन पनि बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदी आज हिजो भन्दा ५ रुपैयाँले बढेर तोलाको १ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी तोलाको १ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
