आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो ।

शुक्रबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

आज तेजावी सुन पनि बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चादीको भाउ पनि बढेको छ । चाँदी आज हिजो भन्दा ५ रुपैयाँले बढेर तोलाको १ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...