आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस, पोखरमा गिद्ध गणना गरिँदै

पोखरा । आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस । हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिन्छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाउन थालिएको दिवस सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा विभिन्न कार्यक्रम भैरहेका छन्। यसवर्ष नेपालमा सप्ताहव्यापी रूपमा कार्यक्रम गरिएको छ । दिवसका अवसरमा आज पोखरमा गिद्ध गणना समेत गरिँदैछ।

Advertisement

गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । हानिकारक किटाणु तथा सडेको मासु पचाउनसक्ने भएकाले गिद्धलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ ।

लोप हुन लागेको गिद्धको संरक्षण र यसको महत्वबारे जनचेतना जगाउन कार्यक्रम केन्द्रीत रहेका पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिनुभयो । चराविज्ञ डगौराका अनुसार सन् १९९० को दशकदेखि दक्षिण एसियामा गिद्धको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको छ ।

यो २३ वर्षको अवधिमा भारतमा डङ्गर गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखिएको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा गरिएको सर्भेक्षणमा सन् २०१० मा ३५, सन् २०१३ मा ८२, सन् २०२१ मा २८ र सन् २०२२ मा १६ गुँड फेला परेको छ । कञ्चनपुरमा गरिएको सर्भेक्षणमा सन् २०१० मा एक, सन् २०२१ मा ५६ र सन् २०२२ मा एक सय १० वटा गुँड फेला परेको छ ।

“कैलाली र कञ्चनपुरमा डङ्गर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध र सुन गिद्धले प्रजनन गरेको तथ्याङ्क छ”, चरा विज्ञ डगौराले भन्नुभयो, “डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आईयूसीएनको अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने गोब्रे गिद्ध दुर्लभ अवस्थामा रहेको छ ।”

More News last news
Loading...