धनकुटा । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधी सभाका लागि नेपाली कांग्रेसका केन्द्रिय कार्यसम्पादन समितीका सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाको एकल सिफारीस गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितीले थापाको नाम सर्वसम्मत उम्मेदवारको रुपमा सिफासिर गरेको कांग्रेस नेता मदन घिमिरेले जानकारी दिनु भयो ।
२०७० सालको संविधान सभा सदस्यका लागि भएको निर्वाचनमा थापा धनकुटा क्षेत्र न २ बाट बिजयी हुनु भएको थियो ।राप्रपाबाट कांग्रेस प्रवेश गर्नु भएका थापा स्व पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा समेत हुनुहुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
