चुनाव लड्न गगन थापाले कास्की १ बाट पनि दिए आवेदन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिनुभएको छ ।

बुधबार (आज) थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिनुभएको हो। उहाँले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिनुभएको हो।

Advertisement

थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गर्नुभएको हो। यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आउनुभएका थापाले यो पटक कास्कीबाट पनि उम्मेद्वार बन्न आवेदन दिनुभएको हो।

उहाँले बुधबार (आज) नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिनुभएको छ।

More News last news
Loading...