इञ्जिनियर अनुप श्रेष्ठ स्याङ्जा क्षेत्र नं १ (ख) मा चुनाव लड्ने

स्याङ्जा । स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख) प्रत्यक्ष तर्फ इञ्जिनियर अनुप श्रेष्ठले नेपाली कांग्रेसको तर्फबाट उम्मेद्बारी दर्ता गराएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी सिफारिसका लागि गरेको आह्वानमा श्रेष्ठले उम्मेद्बारी दर्ता गराएका हुन् ।

Advertisement

श्रेष्ठ हाल नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ का तर्फबाट महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य समेत हुन् । स्कूल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष समेत रहेका श्रेष्ठले कोरोना महामारीका समयमा कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्स सेवा समेत सञ्चालन गरेका थिए ।

यसबाहेक उनी समाजसेवा र विकासका क्षेत्रमा समेत सक्रिय कार्य गर्दै आएका छन् ।

More News last news
Loading...