गोर्खा क्षेत्र नं. २‘क’ प्रदेशसभा सदस्यमा भाग्बत रेग्मीको दाबी

काठमाडौं । नेपाली कांग्रेसबाट गोर्खाको क्षेत्र नम्बर २को ‘क’ प्रदेशबाट भाग्बत रेग्मीको दाबी गरेका छन् । उनले आफू उम्मेदवार हुन पाउनुपर्छ भनेर पार्टीमा नाम दर्ता गराएका छन् ।

सोमबार नाम दर्ता गराएका उनले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । नेपाल तरुण दलमा रहेर उनले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । २०४७ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट गिरफ्तारसमेत भएका छन् ।

Advertisement

रेग्मीले आफ्नो ज्ञान र सीपलाई जनप्रतिनिधिको माध्यमबाट जनसेवा गर्न चाहेकाले उमेद्वारी प्रस्तुत गरेको बताए । रेग्मी राजनीतिका अलवा बिभिन्न सामाजिक सघसस्थामा आबद्द रहेर सामाजिक गतिबिधिमा पनि सक्रिय रहदै आएका छन् ।

More News last news
Loading...