केपी ओलीको क्षेत्र झापा ५ मा जिग्रीको उमेद्वारी घोषणा !

काठमाडौं । हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र नम्बर ५ बाट कट्टेलले पनि उमेद्वारी दिने भएका हुन् ।

आधिकारिक घोषणा नगरेपनि कट्टेलले आफुँ चुनावी तयारीमा जुटिरहेको र साथीभाइसँग छलफल चलिरहेको कट्टेलले बताए । उनले हामीसँग भने जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने छु ।

Advertisement

कट्टेल पनि झापा–५ का मतदाता पनि हुन् । कुनै पनि पार्टीमा आवद्ध नभएको र आफु वास्तवमै स्वतन्त्र पनि भएकाले धेरैले आफुँलाई चुनाव लड्न हौसला दिइरहेको उनले बताएका छन् ।

कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भइसकेको छ ।

More News last news
Loading...