तनहुँ क्षेत्र नं.- २ प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता प्रदीप पौडेलको आवेदन दर्ता

दुलेगौँडा l तनहुँ क्षेत्र नम्वर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आवेदन दर्ता गराएका छन् ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि पौडेलले मंगलबार आवेदन दर्ता गराएका हुन् ।

Advertisement

प्रतिनिधिसभा सदस्यका लागि पौडेल सहित केन्द्रीय सदस्य ध्रुव वाग्ले र पार्टी सभापति जीत प्रकाश आललेले पनि आवेदन दर्ता गरेका छन् ।

कांग्रेसले आकांक्षीको आन्तरिक आवेदन खुला गरेपछि नेताहरुले धमाधम आवेदन दर्ता गराएका हुन् ।

More News last news
Loading...