स्याङ्जा क्षेत्र नं १ (क) मा प्रदेश सांसद बन्नका लागि हानाथाप, मन्त्रीदेखि नेबिसंघ अध्यक्षसम्मको दाबी
स्याङ्जा । स्याङ्जा क्षेत्र नं १ (क) मा आगामी प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट १७ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन् ।
प्रदेश सभा सदस्य पदका लागि स्याङ्जा क्षेत्र नं १ (क) मा उम्मेदवार बन्नका लागि प्रत्यक्ष तर्फ ९ जना र समानुपातिकतर्फ ८ जनाले उम्मेदवारी प्रस्तुत गरेको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जनाएको छ ।
यसरी उम्मेदवारी प्रस्तुत गर्नेमा पार्टी प्रवक्ता भरत प्रसाद लम्साल, गण्डकी प्रदेश सदस्य, महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका अध्यक्ष अजित क्षेत्री, महाधिवेशन प्रतिनिधि इन्द्र बहादुर रिजाल र गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठ समेत रहेका छन् । यस्तै बोधराज अर्याल, जनकराज काफ्ले, केशव बहादुर खाण, पवन नेपाल, र नवराज सुवेदीले पनि उम्मेदवारी प्रस्तुत गरेका छन् ।
यसैगरी समानुपातिकतर्फ भीरकोट नगरपालिकाकी पूर्व मेयर सिमा कर्मचार्य, कांग्रेस नेत्री हिरादेवी शर्मा, प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारी, धन कुमारी थापा, डोल बहादुर खड्का, देव बहादुर मानन्धर, मुहमद सरिफ मियाँ र याम बहादुर राना रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
