काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपालसँग प्रतिबद्धता गरेको ऋणको दोस्रो किस्ता रोकेको छ । नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउन दबाब दिदै आएको आईएमएफले ऋणको दोस्रो किस्ता रोकेको हो ।
राष्ट्र बैंकको अडिट भने सरकारी लेखा परीक्षण गर्ने संस्था महालेखा परीक्षकको कार्यालयले गर्दै आएको छ ।
आईएमएफले अन्तर्राष्ट्रिय फर्मबाट अडिट गराउन माग गर्नु भनेको महालेखा परीक्षकको अडिटलाई विश्वास नगर्नु रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
ऋण रोकिएपछि सरकारले नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रियस्तरको अडिट फर्मबाट गराउन प्रक्रियासमेत सुरू गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । महालेखाले एक पटकका लागि अडिट गराउन अन्तर्राष्ट्रिय स्तरको लेखापरीक्षक नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।
आईएमएफले रोकेको कारण दोस्रो किस्ता ३९.२ मिलियन एसडीआर आउन ढिला भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
