बागलुङमा फेरि बन्ने भयो अर्को लामो पुल

बागलुङ l लामा र अग्ला झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा फेरि अर्को लामो पुल निर्माण हुने भएको छ। बागलुङ र पर्वत जिल्ला जोड्नेगरी कालीगण्डकी नदीमाथि ५२३ मिटर लामो झोलुंगे पुल बन्न लागेको हो।

बागलुङ नगरपालिका ४ उपल्लाचौर गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका ८ ओडारे जोड्ने ५२३ मिटर लामो झोलुंगे पुल निर्माण थालिएको हो। पुल सात करोड लागतमा निर्माण हुने बताइएको छ।

Advertisement

दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौसँग हिमशिखर कन्ट्रक्सन निर्माण कम्पनी बीच सम्झौता भएर काम थालिएको छ। बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका १ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि फेरि बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुंगेपुल निर्माण थालिएको हो।

यो पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदन दिएको छ। बागलुङको गौरीधाम देखि पर्वत जिल्लाको जलजला स्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण हुने पुलको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको छ।

बागलुङ नगरपालिका ४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले बागलुङ बजारलाई पर्वतको जिल्लाको जलजला गाउँपालिकासंग जोड्दा बागलुङ बजारको व्यापार व्यवसाय बढ्ने र जलजलावासीहरु घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताए।

More News last news
Loading...