गुल्मी २ बाट चुनाव लड्ने रामकुमारी झाँक्रीको घोषणा

काठमाडौँ l नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन्।

‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु,’ झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन्। उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन्।

Advertisement

यसअघि पनि गठबन्धन दलभित्र गुल्मी २ बाट उठ्ने विषयमा छलफल भइरहेको जानकारी गराएकी थिइन्। झाँक्री गुल्मीकी स्थायी बासिन्दा हुन्।

२०७४ आमनिर्वाचनमा गुल्मी २ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका थिए। यसपटक पनि विष्ट गुल्मीबाटै प्रतिस्पर्धाको तयारीमा छन् । एमाले विभाजनपूर्व विष्ट र झाँक्री एकै समूहमा रहेका थिए।

More News last news
Loading...