निरन्तर घट्दै सुनको भाउ, आज कति घट्यो तोलाको ?

काठमाडौं । साताको चौँथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य झन् घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

Advertisement

तेजावी सुन प्रतितोलामा ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार १० रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो हप्तादेखि दैनिकजसो बढेको सुनको भाउ सोमबारपछि भने निरन्तर घटिरहेको छ ।

More News last news
Loading...